०३ असार २०८३, बुधबार

दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले भनाइ सच्याउनुपर्छ–रावल

बैशाख ३१, २०७५
दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले भनाइ सच्याउनुपर्छ–रावल

काठमाडौं ३१ वैशाख– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेका कुरा सच्चाउनु पर्ने बताएका छन् । 

प्रतिनिधि सभाको सोमवारको बैठकको विशेष समयमा एमालेका उपाध्यक्ष भीम रावलले मुख्यमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमानमा आँच पुगेको बताए ।

‘संविधानमा असहमति होलान् । पिछडिएको क्षेत्रको कुरा गर्दा मेरो क्षेत्रमा भात खानको लागि दशै तिहार कुर्नुपर्छ । तर विदेशी पाहुनाका सामु जसरी नेपालको संविधानमाथि औला ठडाउने काम भएको छ त्यो स्वीकार्य छैन’ रावलले भने । 

उनले कुटनीतिक मर्यादा र राष्टिय एकता कमजोर पार्ने काम सच्चाइनु पर्ने बताए । ‘दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले ती कुरा सच्चाउनु पर्छ । विदेशी प्रधानमन्त्रीसँग हात पसारेर बोल्ने कुरा राम्रो होइन ।’
उनले अन्तर्राष्ट्रिय सम्बन्ध संघीय सरकारको मातहतमा राख्ने कुरालाई व्यवहारिक रुपमा लागू गर्नुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्