०८ असार २०८३, सोमबार

किसानले गाईलाई लगाइदिए ब्रा, कारण छ आश्चर्यजनक

बैशाख ३१, २०७५
किसानले गाईलाई लगाइदिए ब्रा, कारण छ आश्चर्यजनक

काठमाडौं, ३१ वैशाख – स्कटल्यान्डका एक किसानले गाईलाई ब्रा लगाएको तस्वीर अहिले भाइरल भइरहेको छ । गाईको हितका लागि आफूले यसो गरेको किसान बताउँछन् । 

गाईका चारवटा थुन हुन्छन् र बाच्छाबाच्छी पछिल्लो थुनबाट दूध पिउन मन पराउँदैनन् । अगाडिको थुनबाट दूध पिएर उनीहरू पछिल्लो थुन छोडिदिन्छन् । 

तर चारै थुनबाट दूध आएन भने सुन्निन्छ । त्यसलाई मस्टिसिस भनिन्छ । महिलाको स्तनमा पीडा भएजस्तै गाईलाई पनि पीडा हुन्छ । स्कटल्यान्डका स्थानीय जनावरमा यो रोग सामान्य छ । 

गाईलाई भएको समस्या देखेपछि किसानले अघिल्लो थुन छोपेमा काम बन्ने ठाने । त्यसपछि उनले अघिल्ला दुई थुनलाई आफ्नी पत्नीको ब्राले ढाकिदिए । 

किसानको यो उपायले गाईको स्वास्थ्य खराब हुनबाट बचायो ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्