०८ असार २०८३, सोमबार

दोहोरो नागरिकता लिएका पाँच अस्ट्रेलियाली सांसद निष्काशित

बैशाख ३१, २०७५
दोहोरो नागरिकता लिएका पाँच अस्ट्रेलियाली सांसद निष्काशित

काठमाडौं, ३१ वैशाख – पाँच अस्ट्रेलियाली सांसदहरूलाई निर्वाचित भएका बखतमा दोहोरो नागरिकता लिएको पाइएपछि निष्काशित गरिएको छ । 

अघिल्लो वर्ष १० सांसद र सिनेटरहरूलाई संवैधानिक नियम उल्लंघन गरेकोमा अपदस्थ गरिएको थियो । नियमअनुसार, दोहोरो नागरिकता भएका व्यक्ति राजनीतिक उम्मेदवार बन्न पाउँदैनन् । 

बुधवार सिनेटर केटी गालाघरलाई एक अदालतले अयोग्य घोषित गरेको थियो । उक्त फैसला आएपछि निगरानीमा रहेका चार अन्य राजनीतिकर्मीले राजीनामा दिएका थिए । 

गालाघर र प्रतिनिधिसभाका सांसद जस्टिन की, जोश विल्सन र सुसन ल्याम्ब विपक्षी लेबर पार्टीका सदस्य हुन् । पाँचौं सांसद रेबेका शार्की सानो दल सेन्टर अलायन्सकी सदस्य हुन् । 

दोहोरो नागरिकता प्रकरणले गत जुलाईदेखि अस्ट्रेलियाली राजनीतिलाई अस्थिर बनाएको छ । प्रधानमन्त्री माल्कम टर्नबुलको दललाई प्रतिनिधिसभामा बहुमत पु–याउन समेत यसले गर्दा धौधौ परेको थियो । 

तल्लो सदनका कुनै पनि खाली सीटमा जिते टर्नबुलले बहुमत बढाउन सक्छन् ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्