२८ जेठ २०८३, बिहीबार

अमेरिकाले जेरुसेलममा दूतावास खोलेको विरोधमा प्यालेस्टाइनीहरू, प्रदर्शनमा एकको मृत्यु

बैशाख ३१, २०७५
अमेरिकाले जेरुसेलममा दूतावास खोलेको विरोधमा प्यालेस्टाइनीहरू, प्रदर्शनमा एकको मृत्यु

काठमाडौं, ३१ वैशाख – अमेरिकाले तेल अभिभबाट दूतावास सारेर जेरुसेलम पु–याएकोमा आक्रोशित प्यालेस्टाइनी विद्रोहीहरू प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा इजरायलले दमन गर्दा एक प्यालेस्टाइनीको मृत्यु भएको छ । 

अन्य २० जना घाइते भएका छन् । इजरायली सेनाले प्रदर्शनकारीमाथि ताजा गोली र अश्रूग्यास प्रहार गरेको थियो । 

एक्काईस वर्षीय अनास हम्दान कदेइहलाई खान युनिसको पूर्वी क्षेत्रमा गोली हानेर मारिएको छ । 

सोमवारको विरोध नक्बा वा विनाशको वार्षिक समारोहका बेलामा भएको हो । सन् १९४८ को मे १५ मा इजरायल राज्य स्थापना गरिएको थियो जसकारण हजारौं प्यालेस्टाइनीहरूलाई उनीहरूको गाउँबाट लखेटिएको थियो । त्यसैलाई नक्बा भनिन्छ ।

सोमवार बिहान गाजापट्टीमा रहेका प्यालेस्टाइनीहरूले इजरायलसँगको सीमामा रहेको पर्खाललाई पार गर्न खोजेका थिए । महान् फिर्ती जुलुस आन्दोलनको अंगका रूपमा उनीहरू पर्खाल नाघेर इजरायलतर्फ जान खोज्दै थिए । 

पश्चिमी किनाराका शहरहरू रमल्लाह र हेब्रोनमा पनि विरोध प्रदर्शन भएका छन् । 

गाजापट्टीमा हप्तौंदेखि प्यालेस्टाइनीहरूले सन् १९४८ मा जबर्जस्ती निकालिएको ठाउँमा फर्किने अधिकारका लागि विरोध कार्यक्रम राखिरहेका छन् ।

अलजजीराबाट

salt training

कमेन्ट गर्नुहोस्