२४ जेठ २०८३, आइतबार

मोदीले “काँग्रेसका नेताहरुले कान खोलेर सुन्नुस्, म मोदी हुँ" भनेपछि

बैशाख ३१, २०७५
मोदीले “काँग्रेसका नेताहरुले कान खोलेर सुन्नुस्, म मोदी हुँ" भनेपछि

नयाँदिल्ली, ३१ वैशाख - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेख्नु भएको छ । 
प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गर्नु भएको छ । 
कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहको आरोप छ । 
गत मे महिनाको ६ तारिखमा हुब्लीमा भएको ¥यालीपछि आयोजित कार्यक्रममा मोदीले “काँग्रेसका नेताहरुले कान खोलेर सुन्नुस्, म मोदी हुँ, तपाईहरूले सिमा नाघेर अघि बढेमा त्यसको परिणाम भोग्नु पर्नेछ” भन्नुभएको थियो । 
मोदीको भनाईलाई पूर्वप्रधानमन्त्री डा सिंहले “शान्ति भाड्ने दुरासयले आएको धम्की र त्रासपूर्ण अभिव्यक्ति” भन्नुभएको छ । 
“न हाम्रो पार्टी न हाम्रा कुनै नेता, कसैले पनि यस्तो तल्लोस्तरका धम्की दिने कुरालाई सहन सक्दैनन्,” सिंहले पत्रमा लेख्नु भएको छ । 
उहाँले पत्रमा भन्नुभएको छ, “कसैका बिरुद्धमा चेतावनी दिने, धम्की दिने र त्रसित पार्ने अभिव्यक्ति दिँदा प्रधानमन्त्री मोदीले सावधानी अपनाउनु होला ।” 
राष्ट्रपतिलाई बुझाइएको पत्रमा पूर्वप्रधानमन्त्री सिंह बाहेक काँग्रेंसको दुवै संसदीय दलका नेता र बरिष्ठ नेताहरू पि चितम्बरम्, अशोक गेलोट, अम्बीका सोनी, मुकुल वास्निक, मोतीलाल भोरा, कमलनाथ र अहमद पटेलले हस्ताक्षर गर्नु भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्