
काठमाडौँ, १ जेठ- सिन्डिकेट अन्त्यसँगै सरकारले काठमाडौंमा अत्याधुनिक बस चलाउन सहयोग गर्ने भएको छ । नगर विकास कोषको ऋण तथा अनुदानमा झिकाइएका १७ ठूला एवं अत्याधुनिक बस एक साताभित्र सञ्चालनमा आउनेछन् । बस सेवाका लागि कोषले नमुनाका रूपमा दुईवटा रुटमा अध्ययन गरेको छ । पहिलो चरणमा बालाजु–नयाँ बसपार्क–सामाखुसी–लैनचौर–मैतीदेवी हुँदै सिनामंगलसम्म चलाइनेछ, कान्तिपुरमा खबर छ ।