०६ साउन २०८३, बुधबार

तीनवटा नदीमा तटबन्ध बनाउन पौने १९ करोड भारतीय अनुदान

तीनवटा नदीमा तटबन्ध बनाउन पौने १९ करोड भारतीय अनुदान

काठमाडौं, १ जेठ- भारत सरकारले वाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण तथा नदी तालीमका लागि नेपाल सरकारलाई रु १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले सचिव सञ्जय शर्मालाई रु १८ करोड ७४ लाखको चेक हस्तान्तरण गरे ।

नदी तालीम तथा तटबन्ध निर्माण कार्यले लालबकैया, वाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने लक्ष्य राख्छ जसले यी नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई लाभ पुर्‍याउने विश्वास गरिएको छ । 

साथै भारतले नेपालसँग नदी तालीम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर थप सहकार्य गर्नका लागि प्रतिबद्धता जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्