काठमाडौं, १ जेठ – दुवै गोडा गुमाएका एक चिनियाँ पर्वतारोहीले सोमवार बिहान सगरमाथाको सफल आरोहण गरेका छन् ।
उनान्सत्तरी वर्षीय सिया बोयु सोमवार बिहान ८ः२६ मा सगरमाथाको शिखरमा पुगेका थिए । उनका छोरा क्लाउड सियाले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा पोस्ट गरेर यसको जानकारी दिए ।
सिया २५ वर्षको हुँदा सगरमाथा चढ्ने क्रममा हिउँले खाएर दुवै गोडा गुमाउन बाध्य भएका थिए ।
सियालाई पुराना पर्वतारोही मिङ्मा जी शेर्पाले गाइड गरेका हुन् । उनले संसारका १४ सबभन्दा अग्ला पर्वतहरू पहिलो प्रयासमै सफलतापूर्वक आरोहण गरेका छन् ।
सियाको सफलताले निश्चित समूहका पर्वतारोहीलाई सगरमाथा बढ्नबाट रोक्ने नेपाल सरकारको असफल प्रयासलाई उजागर गरेको छ ।
सगरमाथाको सुरक्षामा सुधार गर्न तथा त्यहाँको भीडभाड रोक्न सरकारले गत डिसेम्बरमा अपांगता भएका व्यक्ति, दृष्टिविहीन, १६ वर्षमुनिका वा एक्लै चढ्न खोज्नेहरूलाई प्रचिबन्ध लगाएको थियो । त्यसले निकै हल्लाखल्ला मच्चियो र
पूर्व रोयल गोर्खा राइफल्स सैनिक तथा दुवै गोडा गुमाएका हरिबहादुर मगरले यस निर्णयबाट संयुक्त राष्ट्रसंघको महासन्धि उल्लंघन भएको भन्दै मुद्दा दायर गरे । त्यसपछि सर्वोच्च अदालतले प्रतिबन्धलाई अस्थायी समीक्षाअन्तर्गत राख्यो र सियालाई सगरमाथा चढ्ने मौका दियो ।
टाइमबाट