
विराटनगर, ३ जेठ- सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्योग स्थापनादेखि सर्वसाधारणलाई सेवा प्रवाहको प्रक्रियालाई कानुनी र व्यवहारिक रुपमा सहज बनाएर प्रदेश सरकार अघि बढने बताएका छन् ।
लघु उद्यम विकास कार्यक्रमको सहयोगमा मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले आर्थिक रुपमा अगाडि बढ्न लघु उद्यमीहरुको महत्वपूर्ण स्थान रहेको बताए ।
यस्तै उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले प्रदेशभरिको गरिवी निबारणका लागि उद्यम र उद्यमशीलता आवश्यक भएको बताए । प्रदेश १ ले नेपालमा उद्योगको जग बसालेको भन्दै त्यसको लागि उद्यम र उद्यमशीलता सबै लाग्नु पर्नेमा जोड दिए । प्रदेश १ का प्रमुख सचिव सुरेश प्रधानले उद्योगको वृद्धि र विकास कसरी गर्ने विषयमा सबैको ध्यान केन्द्रित हुनु आवश्यक रहेको बताए ।