२० असार २०८३, शनिबार

राजधानीको धुम्बाराहीमा ट्रकको ठक्करबाट एकको मृत्यु

राजधानीको धुम्बाराहीमा ट्रकको ठक्करबाट एकको मृत्यु

काठमाडौँ, ४ जेठ- गएराती काठमाण्डौको  सुकेधाराबाट महाराजगंजतर्फ जाँदै गरेको ना ६ ख ३६०९ नम्बरको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको बा २६ प ५५५३ नम्बरको मोटरसाइकललाई धुमबराही स्थित सडकखण्डमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा जिल्ला उदयपुर घर भई हाल काठमाण्डौको  बालुवाटार बस्ने ३५ वर्षिय हेम बहादुर निरौला रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल पछाडी सवार निरौलाको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित  चालक महानगरीय प्रहरी वृत्त महाराजगंजको नियन्त्रणमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्