३१ असार २०८३, बुधबार

मध्यरातमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

मध्यरातमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, ४ जेठ– काठमाडौंको धुम्बाराहीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गएराति करिब ११ बजे धुम्बाराहीस्थित सडकखण्डमा सुकेधाराबाट महाराजगंजतर्फ जाँदै गरेको ना ६ ख ३६०९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा २६ प ५५५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुर घर भई हाल काठमाडौं बालुवाटार बस्ने ३५ वर्षीय हेमबहादुर निरौलाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

दुर्घटनामा गम्भिर घाइते भएका निरौलाको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्