१८ असार २०८३, बिहीबार

विश्वकपका लागि फ्रान्सले घोषणा गर्‍यो राष्ट्रिय टिम, को-को परे ?

विश्वकपका लागि फ्रान्सले घोषणा गर्‍यो राष्ट्रिय टिम, को-को परे ?

काठमाडौं, ४ जेठ– विश्व फुटबलका लागि फ्रान्सको २३ सदस्यीय टिमको घोषणा भएको छ । आउँदो जुनमा हुन लागेको फुटबलको महाकुम्भ विश्वकपका लागि फ्रान्सले टिम घोषणा गरेको हो ।

फ्रान्स विश्वकपका लागि अस्ट्रेलिया, पेरु र डेनमार्कसहित समूह सी मा रहेको छ । फ्रान्सको २३ सदस्यीय टिममा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सल र आर्सनलका एलेक्सान्ड्र लाकाजेटी परेका छैनन् । 

तर एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान र म्यानचेस्टर युनाइटेडका पउल पोग्बाले टिमलाई बलियो देखाएका छन् । यस्तै चोटग्रस्त रहेका मार्सेइलीका मिडफिल्डर दिमित्री पेयट पनि टिममा परेका छैनन् ।
गोलरक्षकका रुपमा ह्युगो लोरिस, स्टिभ म्यानडान्डा, एल्फोन्से एरिओला रहेका छन् ।

डिफेन्डरमा लुकास हर्नान्डेज, परिस्नल किमपेम्बे, बेन्जामिन मेन्डी, बेन्जामिन पावार्ड, अदिल रामी, डिजिब्रिल सिडिबे, सामुएल उमटिटि, राफाएल भारेना छन् ।

मिडफिल्डरमा एन गोलो कान्टे, ब्लाइसी माटुइडी, स्टिभन एन जोन्जी, पउल पोग्बा, बारिन्टिन तोलिसो छन् । 

फरवार्डस्मा उसमान डेम्बेले, नबिल फकिर, ओलिभर जिरउड, एन्टोनी ग्रिजम्यान, थोमस लेमार, केलियन एमबाप्पे, फ्लोरिएक थाउविन रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्