२३ असार २०८३, मंगलबार

ओली सरकारविरुद्ध अस्कल क्याम्पसमा प्रदर्शन

ओली सरकारविरुद्ध अस्कल क्याम्पसमा प्रदर्शन

काठमाडौं, ४ जेठ– पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको छ । 

शुक्रबार लैनचउरस्थित अमृत साइन्स क्याम्पस( अस्कल)मा अध्ययनरत नेविसंघका कार्यकताले सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । 

अस्काल क्याम्पस अगाडि प्रदर्शन गर्दै उनीहरुले राष्ट्रवादी भनिएको सरकार भारतीय प्रधानमन्त्री मोदीका अगाडि लम्पसार परेको आरोप लगाए । 

नेविसंघ अस्कल क्याम्पसका नेता प्रकास अर्यालले सरकारका गतल कदम विरुद्ध आन्दोलन गर्नुपरेको बताए । ‘सरकारले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ, भारतीय प्रधानमन्त्रीसँग लम्पसार पर्दै सम्झौता गरेको छ’ अर्यालले भने,‘भारतीय नेता किर्ति आजादले देशको अखण्डतामाथि धावा बोल्दासमेत सरकार चुपलागेर बस्नु लज्जाको विषय हो ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्