२८ जेठ २०८३, बिहीबार

बिरामी मातृकालाई भेटेर प्रचण्डले भने, 'सकेसम्म स्वदेशमै नभए विदेश गएर भने पनि ठीक हुनुस्'

बिरामी मातृकालाई भेटेर प्रचण्डले भने, 'सकेसम्म स्वदेशमै नभए विदेश गएर भने पनि ठीक हुनुस्'

काठमाडौं, ४ जेठ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । 

विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचाररत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिए ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने, 'अध्यक्षले मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभयो ।' 

अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमा समेत उपचारमा जान सुझाव दिए । 'सम्भव भएसम्म स्वदेशमा नै उपचार गरौँ, भएन भने विदेशका अस्पतालमा समेत उपचार गर्नुपर्ने हुन सक्छ', अध्यक्ष दाहालले भने।

चिकित्सकले भने मन्त्री यादवको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्