
काठमाडौं, ४ जेठ– पार्टी कार्यालय अवलोकनका लागि नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकल दाहाल प्रचण्ड पेरिसडाँडा पुगेका छन् ।
तत्कालिन नेकपा माओवादीको केन्द्र रहेको पेरिसडाँडा अवलोकन गर्नका लागि नेकपाका अध्यक्ष ओली र प्रचण्ड पेरिसडाँडा पुगेका हुन् ।
त्यसअघि उनीहरु तत्कालिन एमालेको पार्टी कार्यालय धुम्बाराही पुगेका हुन् ।

पेरिसडाँडामा ओली र प्रचण्डलाई माला लगाउदै स्वागत गरिएको छ । पेरिसडाँडा र धुम्बाराहीमा नेपाल कम्युनिष्ट पार्टीको व्यानर राखिएको छ ।