२९ जेठ २०८३, शुक्रबार

पेरिसडाँडाको कार्यालयमा ओली प्रचण्डलाई एउटै टेबल, यस्तो देखियो चहलपहल

पेरिसडाँडाको कार्यालयमा ओली प्रचण्डलाई एउटै टेबल, यस्तो देखियो चहलपहल

काठमाडौं, ४ जेठ–नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यसअघि माओवादीको केन्द्रीय कार्यालय रहेको कोटेश्वर पेरिसडाँडा पुगेका छन् ।

शुक्रवार साढे ५ बजे पेरिसडाँडा पुग्दा पूर्व माओवादीका कार्यकर्ताले उनीहरूलाई भव्य स्वागत गरेका थिए । 

ओली र प्रचण्डसँगै महासचिव विष्णु पौडेल र सचिवालयका नेताहरू कोटेश्ववर पुगेका हुन् । प्रचण्ड र ओलीलाई एउटै टेवलमा दुईवटा कुर्सीको व्यवस्था गरिएको थियो । 

नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीवार पार्टी एकता भएको थियो । एकताको भोलिपल्ट ओली र प्रचण्डले दुवै कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् । 

अपराह्न धुम्बाराहीस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालयमा गएर पदभार सम्हालेपछि अध्यक्षद्वयसहित सचिवालय सदस्यहरु पेरिसडाँडा पुगेका थिए । 

पेरिसडाँडामा दुवै नेताले शहीदको शालिकमा माल्यार्पण समेत गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्