२९ जेठ २०८३, शुक्रबार

आईपीएलमा सन्दीप लामिछानेलाई दोस्रो अवसर

आईपीएलमा सन्दीप लामिछानेलाई दोस्रो अवसर

काठमाडौं, ४ जेठ– जारी आईपीएल क्रिकेटमा दिल्लीले नेपाली स्पिनर सन्दिप लामिछानेलाई अर्को अवसर दिएको छ । 
दिल्लीले चेन्नई सुपर किंग्सविरुद्ध सन्दिपलाई मैदान उतार्ने पक्का गरेको हो  । 
पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका सन्दिपले फेरि अवसर पाएका हुन् । 
बैंलोरविरुद्ध  ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर एक विकेट लिएका थिए ।  सो खेलमा  टीमले हारेपनि उनले राम्रो प्रदर्शन गरेका थिए । 

१२ खेलमा ८ खेल जितेको चेन्नई अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । चेन्नईमा सेन वाट्सन र महेन्द्र सिंह धोनीलगायतका स्टार खेलाडी रहेका छन् । 

यता १२ खेलमा ३ खेल मात्र जितेको दिल्ली अंक तालिकाको पुछारमा रहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्