०३ असार २०८३, बुधबार

संसदमा अभद्र व्यवहार गरे के हुन्छ ?

जेठ ५, २०७५
संसदमा अभद्र व्यवहार गरे के हुन्छ ?

काठमाडौं, ५ जेठ  - संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ । सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा भाग लिन पाउनेछैन । 

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ को नियम ३० मा रहेको चेतावनी र ३१ मा रहेको बैठक कक्षबाट निष्काशन सम्बन्धी प्रावधानमा यस्तो व्यवस्था छ ।

यसरी संसदमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले बाहिर जान आदेश दिँदा पनि नगए मर्यादापालकले बाहिर निकाल्नेछन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर  छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्