
काठमाडौँ, ६ जेठ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको एकमहिने विद्यार्थी भर्ना अभियानमा ७ सय ७ बालबालिकाले अभिभावक पाएका छन् ।
विपन्न, गरिब, सीमान्तकृत, पछाडि परेका र अपांगता भएका देशभरका ७ सय ७ बालबालिकाको अभिभावकत्व ग्रहण भएको तथ्यांक शिक्षा विभागको अनिवार्य शिक्षा तथा बालअधिकार शाखाले संकलन गरेको हो, आजको कान्तिपुरमा खबर छ ।