२१ जेठ २०८३, बिहीबार

अमेरिकाको व्यापार घाटा अन्त्य गर्न चीनले २०० अर्ब डलरको सामान किन्ने

अमेरिकाको व्यापार घाटा अन्त्य गर्न चीनले २०० अर्ब डलरको सामान किन्ने

काठमाडौं, ६ जेठ – अमेरिकासँग चलिरहेको व्यापारयुद्ध समाप्त गर्नका लागि चीनले एउटा प्रयास गरेको छ । अमेरिकाको व्यापार घाटा कम गर्नका लागि चीनले उसबाट २०० अर्ब डलरको सामान किन्ने भएको छ ।

हालै दुई देशबीचको व्यापारका सम्बन्धमा भएको उच्चस्तरीय वार्तापछि जारी गरिएको साझा बयानमा यो खरिदबाट व्यापारिक असन्तुलन कम गर्न सहयोग पुग्ने बताइएको छ । 

यति मात्र नभई अमेरिकाको कृषि र ऊर्जा निर्यातमा फाइदाका विषयमा पनि चीन र अमेरिकाबीच सहमति बनेको छ । विगत केही महिनायता दुई देशबीच व्यापारिक असन्तुलनका विषयमा तनाव चलिरहेको थियो र अमेरिकाका
राष्ट्रपति डोनल्ड ट्रम्पले धेरैपटक चीनमाथि जवाफी कारवाही चलाउने धम्की दिएका थिए । 

दुई देशका व्यापारिक प्रतिनिधिहरूबीच १७ र १८ मेमा भएको कुराकानीमा बताइएअनुसार, यस प्रस्तावमा काम गर्नका लागि अमेरिकाका तर्फबाट चीनमा छिट्टै एउटा टोली पठाइनेछ । 

बयानमा भनिएको छ, ‘अमेरिकासँग चीनको व्यापारिक असन्तुलनलाई प्रभावकारी रूपमा घटनाउनका लागि सहमति बनेको छ । चीनका मानिसको उपभोगको मात्रा बढेको र उच्चस्तरीय आर्थिक विकास हासिल गर्नका लागि चीनले अमेरिकाबाट सामान र सेवाको खरिद बढाउने फैसला गरेको छ ।’

यसबाट अमेरिकामा आर्थिक वृद्धि र रोजगारी बढ्न सहयोग पुग्ने बताइएको छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्