काठमाडौं, ६ जेठ – आजकल वरुण धवन आलिया भट्टलाई खुबै पछ्याइरहेका छन् । रणवीर कपूरसँग आलियाको लिंकअपको खबर सुनेपछि वरुणको व्यवहार यस्तो भएको हो त ? त्यसो होइन ।
खासमा वरुण र आलिया आजकल फिल्म कलंकमा सँगै काम गरिरहेका छन् । उनीहरू दुवैले सँगै खेलेको यो चौथो फिल्म हो । यसअघि उनीहरूले स्टुडेन्ट अफ द ईयर, हम्प्टी शर्मा की दुल्हनिया र बदरीनाथ की दुल्हनियामा काम गरिसकेका छन् ।
वरुण र आलिया कलंकमा काम गर्दा खुब मज्जा गरिरहेका छन् । तर वरुणले आफूलाई सताइरहने भनी आलिया चिन्तित छिन् । आलियालाई सताउने कुनै पनि मौका छोड्दैनन् वरुण ।
त्यसो त वरुण र आलियाको अनस्क्रीन केमेस्ट्री बबाल छ । त्यसैले उनीहरूका फिल्म प्रायः हिट नै हुन्छन् ।
कलंकको कुरा गर्दा यो सन् १९४० को दशकको कथा हो । अभिषेक वर्मनले फिल्म निर्देशन गरेका हुन् । फिल्ममा वरुण र आलियाबाहेक माधुरी दीक्षित नेने, सोनाक्षी सिन्हा र सञ्जय दत्त पनि देखिनेछन् ।
सञ्जय र माधुरीको जोडी २० वर्षपछि पर्दामा सँगै देखि लागेको छ । प्रशंसकहरू यो फिल्मको व्यग्र प्रतीक्षामा छन् ।
एजेन्सी