३० जेठ २०८३, शनिबार

राजकुमार ह्यारी र मेगनको बिहेका खास कुरा यी हुन् !

राजकुमार ह्यारी र मेगनको बिहेका खास कुरा यी हुन् !

काठमाडौं, ६ जेठ – बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कल शनिवार विवाह बन्धनमा बाँधिएका छन् । लन्डनको विन्डसर महलस्थित सेन्ट जर्ज चर्चमा आफन्त तथा साथीहरूको उपस्थितिमा यो जोडीले जीवनभरि साथ रहने कसम खायो । 

मेगन साधारण परिवारकी हुन् । उनकी आमा अमेरिकी खेतहरूमा काम गर्नका लागि दास बनाएर ल्याइएकी अफ्रिकी मानिसकी वंशज हुन् । 

मेगनको यो दोस्रो विवाह हो । विवाहपछि मेगनलाई डचेज अफ ससेक्स भनिएको छ र राजकुमार ह्यारी ड्युक अफ ससेक्स भनिएका छन् । 

यो विवाहमा लगभग ४१३ करोड रुपैयाँ खर्च भयो । त्यसमध्ये ३८० करोड रुपैयाँ त सुरक्षा व्यवस्थामै खर्च भयो । बिहेमा डेढ करोड रुपैयाँको त फूलको सजावटमै खर्च भयो । अनि बिहेको केकको मूल्य ७२ लाख रुपैयाँ थियो । 

बिहेको मुख्य कार्यक्रममा जम्मा ६०० विशेष मानिसहरूलाई निमन्त्रण दिइएको थियो । 

सजावटमा सेतो फूलदेखि लिएर दुलहीको औंठी अनि हीरासम्म ह्यारीले आफ्नी मृत आमा डायनालाई मन पर्ने गरी छानेका थिए । 

दुलही मेगनले लगाएको ड्रेस पाँच मिटर लामो थियो । बेलायती डिजाइनर क्लेर वेट केलरले यसलाई तयार पारेका हुन् । त्रिपन्न कमनवेल्थ देशको प्रतिनिधित्व गर्दै त्यति नै फूल दुलहीको नकाबमा सजाइएको थियो । दुलहीको ड्रेसका
साथ सन् १९३२ मा बनेको क्वीन मेरीको टियारा पनि मेगनले लगाइन् । 

बिहेमा मेगनले पतिको आज्ञा पालन गर्ने वाचा गरिनन् भने ह्यारीले बिहेको औंठी लगाउने निर्णय गरेर राजपरिवारको परम्परा तोडे । बिहेको कसम अफ्रिकी–अमेरिकी बिशपले दिलाए ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्