
काठमाडौं ६ जेठ– नवगठित नेपाल कम्युनिष्ट पार्टीले आइतवार केन्द्रीय समितिमा ४५ जना सदस्य मनोनयन गरेको छ ।
माओवादी केन्द्रसँग पार्टी एकताको क्रममा भएको सहमति अनुसार तत्कालिन एमालेका ४५ जना केन्द्रीय समितिमा थपिएका हुन् ।
केन्द्रिय सदस्यमा थपिनेमा युवा संघका पूर्व महासचिव रविन्द्र अधिकारी पनि छन् । पर्यटन मन्त्री समेत रहेका केन्द्र्रीय सदस्य अधिकारी भने महाधिवेशनबाट निर्वाचित भएर आएका हुन् ।
रविन्द्र अधिकारी केन्द्रीय समितिमा मनोनयन हुँदा कतिपय भने सांसद अधिकारी नै हुन कि भनेर झुक्किएको दखियो ।
आइतवार थपिएका केन्द्रीय सदस्य अधिकारी एमालेको विदेश विभागका सदस्य थिए ।