१३ असार २०८३, शनिबार

स्वास्थ्य, शिक्षादेखि तरकारीसम्मको सिन्डिकेट अन्त्य गर्न प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन

स्वास्थ्य, शिक्षादेखि तरकारीसम्मको सिन्डिकेट अन्त्य गर्न प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ६ जेठ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै किसिमका सिन्डिकेट अन्त्य गर्नेगरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुलाई निर्देशन दिएका छन् ।

आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट बिभिन्न प्रदेशको प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाएका डिआईजिहरुलाई आज मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्रीले अब कुनै किसिमको सिन्डिकेट सरकारलाई स्विकार्य नहुने बताए । 

उनले भने,‘ यतायात क्षेत्रको सिन्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिन्डिकेट अन्त्य गर्न जरुरी छ । तपाईहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ति सबै किसिमका सिण्डिकेट हटाउनुहोस् । ’ 

थापाले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्न समेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिए । मन्त्री थापाले भने, ‘‘ गृहमन्त्रालयले तपाईहरुलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ , सबै जिम्मेवारी आफैमा महत्वपुर्ण छन् । हाम्रो अपेक्षा र विश्वाँस तपाईहरुले पुरा गर्नुहुनेछ । ’’

सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशसान कायम गर्नु पहिलो शर्त रहेको गृहमन्त्रीको भनाइ छ ।

उनले भने ‘ त्यो सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हो र त्यसमा पनि सुरक्षा निकायको प्रमुख जिम्मेवारी हो । ’ प्राकृतिक स्रोत र साधनको दोहन भईरहेको भन्दै आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई उनले निर्देशन दिए । 

यस्तै अशान्ति र अस्थिरता फैलाउने विरुद्ध कडा रुपमा प्रस्तुत हुन समेत प्रहरी अधिकारीहरुलाई गृहमन्त्री थापाले निर्देशन दिए । 

निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीको सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्