२५ जेठ २०८३, सोमबार

मदन भण्डारीको नाममा १२०० किलोमिटर लामो राजमार्ग बनाउने सरकारको निर्णय

मदन भण्डारीको नाममा १२०० किलोमिटर लामो राजमार्ग बनाउने सरकारको निर्णय

काठमाडौं, ६ जेठ – सरकारले जननेता मदन भण्डारीको नाममा करीब १२०० किलोमिटर लामो राजमार्ग बनाउने निर्णय गरेको छ।  उक्त राजमार्गको नाम 'मदन भण्डारी राजमार्ग' राख्ने सरकारको निर्णय छ । 
आइतबार अबेर सम्पन्न मन्त्रिपरिषद्को बैठकले भौतिक तथा यातायात मन्त्रालयको प्रस्तावमा चुरे तथा भित्रि मधेस जोड्ने उद्देश्यसहित सो राजमार्ग बनाउन लागिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए । 

राजमार्ग झापाको शान्तिनगरदेखि धरान–चतरा–गाइघाट–कटारी– सिन्धुलीमाडी–हेटौडा–गौडाकोट–रामपुर–राम्ती, रिडी–तम्घास– सिमल्टारी–प्युठान–घोराई–तुल्सीपूर–बोटेचौर –सुर्खेत– सीमचौर–जोगबूढा हुँदै रुपालसम्म पुग्नेछ ।  झापाको शान्तिनगरदेखि रुपालसम्म आइपुग्दा राजमार्ग  करीब १२०० किलोमिटरको हुने बास्कोटाले जानकारी दिए ।
 
उनले भने, ‘चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने मुख्य उद्देश्यसहित यो राजमार्ग निर्माण गर्ने भौतिक तथा यातायात मन्त्रालयको प्रस्ताव स्वीकृत भएको छ । राजमार्ग स्वर्गीय जननेता मदन भण्डारीको नाममा हुनेछ । ’

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रदेश मन्त्रालयको परिमार्जित संगठनहरुको संरचना सम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ।  जुन कर्मचारी दरबन्दीसँग सम्बन्धित हो । 

यस्तै बैठकले राष्ट्रपतिबाट सोमबार  अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा संघीय संसदमा हुने सम्बोधनसम्बन्धी प्रस्ताव पनि  स्वीकृत भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्