२९ जेठ २०८३, शुक्रबार

भारत र चीनबीच फेरि समस्या हुन सक्ने, यस्तो छ कारण

भारत र चीनबीच फेरि समस्या हुन सक्ने, यस्तो छ कारण

काठमाडौं, ७ जेठ – चीनले भारतको अरुणाचल प्रदेश सीमाक्षेत्रमा ठूलो मात्रामा उत्खनन कार्य शुरु गरेको छ । त्यहाँ सुन, चाँदी तथा अन्य बहुमूल्य खनिज फेला परेका छन् ।

तिनको मूल्य ६० अर्ब डलर आँकिएको छ । हङकङबाट प्रकाशित साउथ चाइना मर्निङ पोस्टको समाचारअनुसार, उत्खनन परियोजना भारतको सीमामा जोडिएको लहुन्जे काउन्टीमा चलिरहेको छ । 

चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत भन्ने गरेको छ । आधारभूत रूपमा तीव्र विकासका साथ उक्त क्षेत्रमा रहेका प्राकृतिक संसाधनमा दाबी गर्ने चीनको कदमले विवाद निम्त्याउने पक्का छ । 

अरुणाचल प्रदेशलाई आफ्नो नियन्त्रणमा पार्नका लागि चीनले उत्खनन कार्य बढाएको भारतको दाबी छ । 

स्थानीय अधिकारी, चिनियाँ भूगर्भशास्त्री तथा रणनीतिक विशेषज्ञहरूसँग प्राप्त जानकारीका आधारमा उक्त पत्रिकाले चीनको रणनीतिको खुलासा गरेको हो ।

तर चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच वुहानमा भएको पहिलो अनौपचारिक बैठकमा दोक्लम गतिरोध जस्ता घटना दोहोरिन नदिनका लागि सहमति बनेको छ । 

दोक्लम गतिरोधले द्विपक्षीय सम्बन्धलाई तनावपूर्ण बनाएको थियो। बेइजिङस्थित चीनको भूविज्ञान विश्वविद्यालयका प्राध्यापक झेङ युयेका अनुसार, अयस्क हिमालय क्षेत्रमा चीन र भारतबीच सन्तुलन बिग्रन सक्छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्