२२ जेठ २०८३, शुक्रबार

नेकपाको सचिवालय बैठक, के भयो निर्णय ?

नेकपाको सचिवालय बैठक, के भयो निर्णय ?

काठमाडौं, ७ जेठ– नेपाल कम्युनिष्ट पार्टीले संगठनात्मक विधान बनाउन यिमावली समिति बनाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले महासचिव विष्णु पौडेल, देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देबकोटा रहेको समिति बनाउने निर्णय गरेको छ । 

यसैगरि नेकपाको संगठनात्मक काम गर्न सहजीकरणका लागि तत्कालिन एमाले माओवादीका इन्चार्ज र सहइन्चार्जको समिति बनाउने निर्णय भएको छ । यस्तै जनवर्गीय संगठनका इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उक्त समितिले जनवर्गीय संगठनहरुको एकताका लागि सुझाव दिने छ । 

बैठकले दुई पार्टी कार्यालयलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल गरेको छ । पार्टी कार्यालयको प्रयोगबारे निर्णय गर्ने अधिकार दुई अध्यक्षलाई दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्