२१ जेठ २०८३, बिहीबार

पार्टी एकीकरणको सम्पूर्ण प्रक्रिया तीन महिनाभित्र पूरा हुन्छ - ज्ञवाली

पार्टी एकीकरणको सम्पूर्ण प्रक्रिया तीन महिनाभित्र पूरा हुन्छ - ज्ञवाली

दाङ, ७ जेठ - नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य युवराज ज्ञवालीले अबको तीन महिनाभित्रमा एकीकरणका सबै काम पूरा हुने बताएका छन् । 

आज दाङको घोराहीमा प्रेस चौतारी र प्रेस सेन्टर दाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले अब सपना बाँड्नेभन्दा पनि रुपान्तरणमा केन्द्रित हुने समय आएको बताए ।

हिजो जनतालाई दिएका आश्वासन पार्टी एकतापछि रुपान्तरणमा अनुभव हुनेगरी देखाउन चुनौती रहेको समेत बताए ।

लामो समयको संघर्षपछिको अहिले प्राप्त उपलब्धिमा नेपाली कांग्रेसको भूमिका पनि उत्तिकै रहेको भन्दै उहाँले अब पनि सहकार्यबाट देश विकासमा लाग्ने बताए ।

प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर दाङका सचिव पाण्डव शर्माले गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्