
काठमाडौं, ७ जेठ –राष्ट्रपति विद्यादेवी भण्डारीले सबैका लागि समृद्धि सरकारको नीति हुने बताएकी छन् ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबैका लागि समृद्धि सरकारको नीति हुने बताएकी हुन् ।
‘समृद्धि नेपालका लागि अब मृगतृष्णा हुन सक्दैन, विकासबाहेक समृद्धिको अर्को बाटो हुँदैन,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘सरकार लोकप्रियताका लागि काम गर्दैन, जनताको हितमा काम गरेर लोकप्रियता हासिल गर्नेछ ।’
सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा अगाडि सारेको छ ।