
काठमाडौं, ७ जेठ–नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालले सरकारले प्रस्तु गरेको नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिएकी छिन् ।
सोमबार सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै नेतृ कोइरालाले नीति तथा कार्यक्रमले धेरै विषय समेतटेको बताइन् । उनले भनिन्,‘सुन्दा धेरै कुरा समेटिएका छन् जस्तो लाग्यो विपक्षी भन्दैमा नराम्रो छ भन्न मिल्दैन’।
उनले धेरै ठूला कुरा गर्नुभन्दा सडक र कनेक्टिभिटिलाई महत्व दिनुपर्ने बताइन् ।