२१ जेठ २०८३, बिहीबार

१० वर्षभित्र समृद्ध मुलुक, रेल र जलमार्ग प्राथमिकता

जेठ ८, २०७५
१० वर्षभित्र समृद्ध मुलुक, रेल र जलमार्ग प्राथमिकता

काठमाडौं, ८ जेठ- सरकारले दशकभित्रै समृद्ध मुलुक निर्माणको खाका नीति तथा कार्यक्रममार्फत सोमबार सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्को संयुक्त बैठकमा  आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १० वर्षभित्रै समृद्ध मुलुक बनाउने घोषणा गरेकी हुन् ।

आउँदो वर्षमा आर्थिक वृद्धि दोहोरो अंकनजिक पु¥याउने लक्ष्य राखेको सरकारले पाँच वर्षभित्र त्यसलाई दोहोरो अंकमै बनाउने नीति तयार पारेको छ । यसैको आधारमा अगामी पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आय दोब्बर बनाउने सरकारले घोषणा गरेको छ । यसबाट अबको १० वर्षमा नेपाल मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति हुने सरकारी दाबी छ ।

आर्थिक वृद्धि र प्रत्येक नेपालीको आय बढाउन सरकारको घोषणाअनुसार अहिलेको लगानीलाई दोब्बर बनाउनुपर्ने हुन्छ । यसका लागि आर्थिक वृद्धिको संवाहकका रूपमा कृषि, ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई पहिचान गरिएको छ । यस्तै रेल र जलमार्गलाई पनि  प्राथमिकता दिइएको छ, राजधानी दैनिकमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्