११ साउन २०८३, सोमबार

देउवालाई विष्णु पौडेलको प्रश्न– ‘राष्ट्रिय स्वाधीनताको पक्षमा बोल्नु सरकारको कमजोरी हो ?’

देउवालाई विष्णु पौडेलको प्रश्न– ‘राष्ट्रिय स्वाधीनताको पक्षमा बोल्नु सरकारको कमजोरी हो ?’

काठमाडौं, ९ जेठ– सीमा रक्षा गरेर बसेका नेपालीलाई सरकारले राष्ट्रवादको पाठ पढाउन जरुरी नरहेको भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले संसदमा चुनौती दिएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै महासचिव पौडेलले सरकारले कसैलाई राष्ट्रियताको पाठ पढाएको नभइ राष्ट्रिय एकता र स्वाधिनतालाई बलियो बनाउन चाहेको बताएका हुन् । 

‘राष्ट्रिय एकताको पक्षमा सरकारले बोल्छ । राष्ट्रिय स्वाधिनताको पक्षमा आवाज बुलन्द गर्नु सरकारको कमजोरी हो ? यो राष्ट्रको स्वाधीनता, गौरब र गरिमालाई उचो राखेर अगाडि बढ्छु भन्नु सरकारको कमजोरी हो ?’ महासचिव पौडेलले प्रश्न गरे ।

त्यसअघि संसद बैठकमा देउवाले सीमा रक्षा गरेर बसेका जनतालाई राष्ट्रवादको पाठ पढाउन जरुरी नभएको भन्दै सरकारको आलोचना गरेका थिए । ‘उत्तर–दक्षिण, पूर्व–पश्चिममा हाम्रा सिनामाको रक्षा गरेर बसेका नेपालीलाई पानाको पाना राष्ट्रवादको पाठ पढाउन जरुरी छैन् । नेपाली जनता सबै राष्ट्रवादी छन्, चाहे हिमाल, पहाड या मधेशमा बसेका हुन् । तिनीहरूलाई फेरि राष्ट्रवादको पाठ पढाउन जरुरी छैन,’ देउवाले भनेका थिए ।

महासचिव पौडेलले सरकारले कुनै पनि नेपालीलाई देशभक्तिको पाठ पढाउन चाहेको नभइ नेपाली जनताको देशभक्तिलाई सलाम गर्न चाहेको बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सरकारको नीति तथा कार्यक्रम स्पष्ट लक्षसहित आएको बताए । ‘प्रचलित अभ्यासको निरन्तरताभन्दा फरक, कार्यान्वयनको दृढ आत्मविश्वास गर्ने, तीव्र आर्थिक विकास गर्ने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम आएको छ,’ पौडेलले भने ।

समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्न सरकारको नीति तथा कार्यक्रम आएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्