१३ असार २०८३, शनिबार

अदालतमा गोरेको बयान, ‘सनमको हत्या मैले गरेको हैन’

अदालतमा गोरेको बयान, ‘सनमको हत्या मैले गरेको हैन’

विराटनगर, ९ जेठ– सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)ले शनम शाक्यको हत्या आरोप अस्वीकार गरेका छन् । 

बुधवार जिल्ला अदालत मोरङमा बयान दिँदै गोरेले सनमको हत्या आफूले नगरेको बताएका हुन् । 

सनमलाई यातना दिइ मारिएको ठाउँको बारेमा आफूलाई जानकारी भएपनि सनमको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको गोरेको भनाइ छ । 

गोरेले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका तथा फरारको सूचीमा रहेका अभियुक्तमध्ये केहीलाई मात्र आफूले चिनेको अदालतसमक्ष बयान दिएका छन् । 

भिडियो देखाउन खोज्दा वकिलको अवरोध

गोरेले आफ्नो बयानका क्रममा सनम शाक्यको हत्यामा आफ्नो संलग्नता नरहेको बताएपछि अभियोजन पक्ष (सरकारी वकिलको कार्यालय)ले सबूत प्रमाणको रुपमा पेश गरेकाे भिडियो देखाउन खाेजिएकाे थियाे । गोरेले मृतक सनम शाक्यसहित अन्य २ जनालाई दिएको यातनाको भिडियो देखाउन खोज्दा भने प्रतिवादी गोरेका पक्षका वकिलले अबरोध गरे । 

न्यायाधीशको अनुमतिमा भिडियो देखाउन खाेजिएकाे थियाे । तर गोरेको पक्षबाट बहस गर्ने भनेर उपस्थित भएका अधिवक्ता यमबहादुर थापा मगरले भिडियो देखाउन दिएनन् । 

अधिवक्ता मगर प्रतिवादमा उत्रिए पछि देखाउन खोजिएको भिडियो बन्द गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्