२१ असार २०८३, आइतबार

दरबारमार्ग सामूहिक बलात्कार प्रकरण : शैलेश कार्की जेल चलान

दरबारमार्ग सामूहिक बलात्कार प्रकरण : शैलेश कार्की जेल चलान

काठमाडौं, ९ जेठ– काठमाडौंका दरबारमार्गस्थित होटेल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणमा शैलेश कार्की जेल चलान भएका छन् । 

कार्की बलात्कार प्रकरणका मूख्य अभियुक्त हुन् । कार्कीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको हो । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भिष्मराज प्रसाईंको एक इजलाशको आदेशसँगै कार्कीलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

गत माघ ७ गते दरबारमार्गको ल्याण्डमार्ग होटेलमा कैलाली घर भइ काठमाडौं बस्दै आएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो । युवतीकै प्रेमी शैलेशसहित अन्य ४ जनाले युवतीमाथि सामूहि बलात्कार गरेको घटना प्रहरीकै मिलेमतोमा टुंग्याउन खोजिए पनि सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सार्वजनिक भएको थियो । 

घटनामा संलग्न भनिएकामध्ये रवी पौडेल, विकास गौतम र दिपक श्रेष्ठ अझै फरार छन् । उनीहरुलाई फरार अभियुक्तको सूचीमा राखेर काठमाडौं जिल्ला अदालतमा मुद्दा प्रक्रिया अगाडि बढिसकेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्