०८ असार २०८३, सोमबार

सामसङ नेपालको जे टु २०१८ मोबाइल बजारमा

सामसङ नेपालको जे टु २०१८ मोबाइल बजारमा

काठमाडौं नेपालमा वेस्ट सेलिङ्ग मोबाइलको रुपमा स्थापित सामसङ मोबाइलको सिरिज अन्तर्गत हालै जे टु २०१८ मोबाइल नेपालीबजारमा प्रस्तुत गरेको छ । 

ग्लालेक्सी जे टु २०१८  मोबाइल गत १८ मेदेखि नेपाली बजरामा उपलब्ध हुँदै आएको छ । यस सेटको मूल्य  ने.रु १४ हजार ५ सय ९० रहेको छ । मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रंगमा उपलब्ध छ । यो सेट क्वालकोम स्नैपडै«गन प्रोसेर, २ जिबि ¥याम तथा १६ जिबी इन्टरनल मेमोरीका साथ उपलब्ध रहेको छ ।

स्मार्ट फोनमा हुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको छ । यो फिचरले गर्दा यसको कार्य क्षमता अझ बढी विशिष्ट हुन पुगेको छ । यसबाट ग्यालेक्सी जे टु २०१८ सेटमा मेमोरी सेविङ्गफिचर रहेको छ यसबाटसोसल मिडिया एप्लिकेशनकासामग्रहीहरुलाई सीधै मेमोरी कार्डमा राख्न सकिने छ । 

सामसङ नेपालकाप्रमुख प्रणय रत्न स्थापितले “ यो सेटले सामसङको प्रतिबद्धतालाई पुष्टि गरेको छ । सोसल मिडियाको ज्यादाप्रयोग गर्नुहुने प्रयोगकर्ताहरुका लागि मुभ टु मेमोरी कार्ड जस्तो बहुपयोगी फिचरले इन्टरनल मेमोरीलाई प्रगोग नगरी चलाउन सकिने सुविधा प्रदान गर्दछ । 

ग्यालेक्सी  जे टु २०१८ मा ५ दशमलव ० इन्चको सुपर अमोल्ड डिस्प्ले, २६०० प्रतिघण्टा मिली एम्पियर (एमएएच) व्याट्री रहेको छ । 
यसमा भएका विशेषताहरुले गर्दा प्रयोगकर्ताहरुलाई शानदार अनुभप प्रदान गर्नेछ । एलइडि प्ल्यासको साथ ८ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा विद्यमान रहेको छ । यसले कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट एवं सफा फोटो खिच्न सक्दछ । 
 

salt training

कमेन्ट गर्नुहोस्