२६ असार २०८३, शुक्रबार

ट्रम्पद्वारा उत्तर कोरियासँगको वार्ता रद्द, किमलाई लेखे यस्तो पत्र

जेठ १०, २०७५
ट्रम्पद्वारा उत्तर कोरियासँगको वार्ता रद्द, किमलाई लेखे यस्तो पत्र

वासिङ्टन डिसी, १० जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग हुने भनिएको वार्ता रद्द गरिदिएका छन् । अहिलेका लागि तोकिएको समयमा वार्ता हुन अनुपयुक्त भएको ट्रम्पको भनाइ छ । 

उत्तर काेरियाका सर्वाेच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच जुन १२ तारिखमा सिंगापुरमा वार्ता हुने तयारी थियो ।

ट्रम्पले उत्तर कोरियाद्वारा हालै जारी गरिएको वक्तव्यका कारण वार्ता रद्द गर्नुपरेको बताएका छन् । उत्तर कोरियाले हालै जारी गरेको वक्तव्यलाई ट्रम्पले ‘धेरै निराशाजन्य र भाड्काउपूर्ण’ भएको बताएका छन् । 

उत्तर कोरियाली नेता किमका लागि लेखेको पत्रमा ट्रम्पले भनेका छन् कि उनी किमसँग कुनै दिन भेट्नका लागि धेरै उत्सुक थिए । 

ट्रम्पले किमलाई लेखेकाे पत्रमा भनेका छन्, ‘म तपाईंसँगको भेटका लागि ब्यग्र प्रतिक्षामा थिए । तर तपाईंले हालै सार्वजनिक गरेको बयानमा उल्लेख गम्भीर निराशा र आक्रोशका कारण अहिलेका लागि योजनावद्ध वार्ता उचित छैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्