१४ असार २०८३, आइतबार

फुटपाथ पसल हटाइँदै, फुटपाथमा उभिएर खानेकुरा खानेलाई पनि कारवाही

जेठ १२, २०७५
फुटपाथ पसल हटाइँदै, फुटपाथमा उभिएर खानेकुरा खानेलाई पनि कारवाही

काठमाडौँ, १२  जेठ  - काठमाडौँ महानगरपालिकाले फुटपाथमा पैदलयात्रीको आवागमनमा असुविधा हुने गरी राखिएका फुटपाथ पसललाइ हटाउने कार्यलाई तीव्रता दिइएको छ । यो क्रममा फुटपाथमा उभिएर खानेकुरा खानेलाई पनि कारवाही थालिएको छ । 
काठमाडौँ महानगरपालिकाका सडक र फुटपाथ अति व्यस्त रहने काठमाडौँ भित्री मध्य सहरबाट दैनिक सरदर ४० जना फुटपाथ पसलेलाई महानगरपालिकाले नियन्त्रणमा लिइरहेको छ । 
महानगरपालिका नगर निरीक्षक मनोज लामिछानेका अनुसार टेवहाल, झोछेँ, नयाँसडक क्षेत्र हेर्ने महानगरपालिका २२ नं वडा क्षेत्रमा गहन रूपमा फुटपाथका पसल हटाइएको छ ।
नयाँ सडक पिपलवोटमा रहेका फुटपाथ जुत्ता मर्मत तथा जुत्ता पालिस गर्ने समूह र फूटपाथमा पत्रपत्रिका राखेर बेच्नेलाइ पनि हटाइँदैछ । निकै वर्षदेखि यो व्यवसाय फुटपाथमै चलेको र नयाँ सडकको नामसँग पनि यी व्यवसाय जोडिँदै आएकोले जुत्ता चम्काउने समूहलाई भने अन्यत्र व्यवस्थित गर्ने तयारीमा महानगरपालिका रहेको छ ।
चनाचटपट, भेलपुरी, पानीपुरी, पोलेको मकै, मेवा तरवुजा काँक्रो र काफल, डोकोमा फलफूल र वाकसमा र झोलामा लुगाफाटा बेच्न महानगरपालिकाले रोक लगाएको छ, गोरखापत्रमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्