३० असार २०८३, मंगलबार

पाकिस्तान : आम निर्वाचन जुलाई २५ मा

पाकिस्तान : आम निर्वाचन जुलाई २५ मा

काठमाडौं, १३ जेठ– पाकिस्तानमा आउँदो जुलाई २५ मा आम निर्वाचन हुने भएको छ । केन्द्र र प्रान्त संसदका लागि एकै दिन निर्वाचन हुन लागेको हो ।

राष्ट्रपति मममून हुसैनले २५ जुलाईमा आम निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेका हुन् । पाकिस्तानको अहिलेको सरकारको कार्यकाल चाँडै सकिँदैछ । 

सन् २०१३ मा भएको निर्वाचनमा नवाज शरिफको पार्टीले राम्रो बहुमत ल्याएको थियो । आउँदो जुलाईमा हुने चुनावमा क्रिकेटरबाट नेता बनेका इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले नवाजको पार्टीलाई कडा चुनौती दिने विश्लेषण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्