
धनुषा, १३ जेठ– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अमेरिकामा आयोजित एक कार्यक्रमलाई नेपालबाटै सम्बोधन गरेका छन् । उनले मधेशी एशोसिएसन इन अमेरिकाको प्रथम सम्मेलनलाई अनलाइनबाटै सम्बोधन गरेका हुन् ।
प्रदेशमा कामको चाप बढी रहेकोले देश बाहिर जान उपयुक्त समय नरहेको भन्दै केन्द्र सरकारको मनन्त्रपरिषद्ले अमेरिका जान अनुमति नदिएपछि मुख्यमन्त्री राउतले प्रदेश मन्त्रिपरिषदकै कार्यालयबाट गएराति सम्मेलनलाई भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गरेका हुन् ।
राउतलाई सम्मेलनको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिए पनि केन्द्र सरकारले अमेरिका जान रोकेपछि अनलाइनबाट सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा राउतले विकासका लागि प्रदेश सरकार अघि बढिरहेको समयमा प्रदेश २ को विकासकालागि मधेशी एशोसिएसन इन अमेरिकाकाको भूमिका महत्पूर्ण हुने बताएका छन् ।