
काठमाडौं, १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बन्ने वित्तिकै सम्पत्ति बढेको कुरा सत्य नभएको बताएका छन् ।
संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले मन्त्रीको सम्पति सार्वजनिक भएपछि आएका समाचारहरु पढ्न नपाएको भन्दै मन्त्री हुने वित्तिकै सम्पत्ति बढेको कुरा सत्य नभएको बताए ।
उक्त सम्पत्ति पहिलेदेखिकै हो कि पछिको हो भन्ने थाहा हुनु पर्ने बताए । उनले भने‘बैंकमा पहिला राखेको हो कि मन्त्री बनेपछि भन्ने’ हेर्न सकिने बताए ।
सरकारका नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछिको प्रतिप्रश्नको क्रममा नेपाली कांग्रेसका सांसद भरतकुमार साहले मन्त्रीको सम्पत्तिवारे प्रश्न गरेका थिए ।
सांसद शाहले मन्त्री लालबावु पण्डितको नामै उच्चारण नगरी साइकल चढने मन्त्रीको ५५ लाख रकम कहाँबाट आयो भनि प्रश्न गरेका थिए ।