२२ असार २०८३, सोमबार

सरकारका नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित, मंगलवार ४ बजे बजेट आउने

सरकारका नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित, मंगलवार ४ बजे बजेट आउने

काठमाडौं १३ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदका दुवै सदनमा पेश गरेको सरकारका नीति तथा कार्यक्रम प्रतिनिधि सभाको सर्वसम्मतिबाट पारित भएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकले सरकारका नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । 

कार्यक्रमप्रति संशोधन दर्ता गराएका प्रमुख प्रतिपक्षी दलका सांसदले विरोध नगरेपछि सरकारका नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरे । 

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । जवाफका क्रममा ओलीले सरकारका नीति तथा कार्यक्रम महत्वकाक्षी भएपनि कार्यान्वयनको आधार रहेको बताएका थिए । 

नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । सरकारले आगामी जेठ १५ गते मंगलवार आर्थिक बर्ष २०७५ ०७६ को बजेट ल्याउने तयारी गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्