१० साउन २०८३, आइतबार

नक्कली डलर साट्ने गिरोहमाथि प्रहरीले गोली चलायो

नक्कली डलर साट्ने गिरोहमाथि प्रहरीले गोली चलायो

काठमाडौं, १४  जेठ–  काभ्रेमा आइतबार दिउँसो प्रहरीले गोली चलाएको छ ।  नक्कली डलर साट्ने गिरोहलाई नियन्त्रणमा लिने क्रममा  प्रहरीले पाँचखाल नगरपालिका– ४ स्थित बोहोरे दोभान भन्ने स्थानमा गोली चलाएको हो । 

एक गिरोहले सस्तोमा डलर साटिदिने भन्दै नक्कली डलर देखाई ठग्न खोज्ने खोजेको भन्ने सूचनाको आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएपछि ४  राउन्ड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 
 
सो क्रममा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका बिनोद तामाङलाई पक्राउ गरेकोे छ। उनीबाट २५ हजार नक्कली डलर बरामद  भएको पनि बताएको छ ।  गिरोहमा अन्य सदस्य भाग्न सफल भएको र उनीहरुको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्