२८ जेठ २०८३, बिहीबार

सरकारको गतिविधि हेरेर सहयोग गर्छौँः गगन थापा

जेठ १३, २०७५
सरकारको गतिविधि हेरेर सहयोग गर्छौँः गगन थापा

संखुवासभा, १३ जेठ - नेपाली काँग्रेसका युवा नेता गगन थापाले पाँच वर्षसम्म अहिलेको सरकारको गतिविधि हेरेर सहयोग गर्ने बताउनुभएको छ । 

नेपाल तरुण दलद्वारा आज यहाँ आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको पाँचवर्षे गतिविधि हेर्ने बताउनुभयो । उहाँले नेकपाको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै भएको दाबी पनि गर्नुभयो । 

काँग्रेसले राजनीति जितेको भएपनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो । भेलालाई सम्बोधन गर्दै नेता प्रदीप पौडेलले लोकतन्त्रको पहरेदारी गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्