१२ असार २०८३, शुक्रबार

सरकार विस्तार गर्दै ओली, कुन–कुन मन्त्रालय पाउने भयो फोरमले ?

सरकार विस्तार गर्दै ओली, कुन–कुन मन्त्रालय पाउने भयो फोरमले ?

काठमाडौं १४ जेठ– संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सोमवार दुई बुँदे सहमति भएपछि फोरम सरकारमा सहभागी हुने भएको हो । 

फोरमले शहरी विकाससहित दुईवटा मन्त्रालय पाउने सहमति भएको फोरम स्रोतको दाबी छ । 

शहरी विकास मन्त्रालय प्रधानमन्त्रीसँग बाँकी छ । स्वास्थ्य र सूचना तथा संचार मन्त्रालय राज्यमन्त्रीले सम्हालेका छन् । 

फोरम सरकारमा सहभागी हुने भएपछि नेकपाका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुने सम्भावना रहेको स्रोतको भनाइ छ । सय दिनको अबधिमा कार्यक्षमता देखाउन नसकेका मन्त्रीको जिम्मेवारी हेरफेर हुने सम्भावना रहेको नेकपा स्रोत बताउँछ । 

यसअघि तेस्रो पटक गरिएको मन्त्रिपरिषद् विस्तारको समयमै फोरम सरकारमा सहभागि हुने तयारी भएपनि मन्त्रालयमा कुरो नमिल्दा सरकारमा सहभागि भएको थिएन । सरकारमा फोरमका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने तयारीमा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्