२६ जेठ २०८३, मंगलबार

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ, सचेतकमा चौधरी

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ, सचेतकमा चौधरी

काठमाडौं १६ जेठ – नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत चयन गरेको छ ।

बुधवार संसद भवन नयाँ वानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले नेकपाको उपनेतामा नेम्वाङ, दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङलाई चयन गरेको हो । 

यसैगरी सचेतकमा शान्ता चौधरी चयन भएकी छन् । चौधरी यसअघि तत्कालीन एमालेको सचेतक थिइन भने गुरुङ तत्कालीन माओवादी केन्द्रका प्रमुख सचेतक थिए ।

राष्ट्रियसभामा नेकपाको प्रतिनीधीको रुपमा दिनानाथ शर्मालाई बैठकले सर्वसम्मत चयन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्