
विराटनगर, १७ जेठ– ३३ किलो सुन काण्डका फरार अभियुक्त प्रहरीका बाहलवाला एसएसपी श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।
फरार रहेका खत्री बिहीवार जिल्ला अदालत मोरङमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । खत्रीको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएको थियो ।
यसअघि सुनकाण्ड तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेति गोरेले श्याम खत्रीलाई सुन प्रकरणका विषमा धेरै कुरा थाहा भएको बताएका थिए ।