
काठमाडौं, १७ जेठ – संसारभरिका वैज्ञानिकले हाम्रो जीवन सहज बनाउनका लागि अनेक प्रयास गरिरहेका छन् । क्यानाडास्थित टोरन्टो विश्वविद्यालय र अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूको
टोलीले कृत्रिम बौद्धिकता र रोबोटिक्सको क्षेत्रमा विकास गरिरहेका छन् ।
यसै शृंखलामा वैज्ञानिकहरूले भर्चुअल एजेन्ट तयार पारिरहेका छन् जसले घरको लगभग सबै काममा मानिसलाई सजिलो बनाउँछन् ।
वैज्ञानिकहरूले विभिन्न गतिविधिमार्फत तीन हजार प्रोग्राम तयार पारेका छन् जसलाई पछि गएर कम्प्युटरले बुझ्ने गरी सबटास्कमा बाँड्न सकिन्छ ।
यसलाई भर्चुअल होम नाम दिइएको छ ।
एजेन्सी