२७ जेठ २०८३, बुधबार

प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन

प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन

विराटनगर, १७ जेठ- प्रदेश नं १ को नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री एंव पार्टीका केन्द्रीय सदस्य शेरधन राई चयन भएका छन् । राई पूर्व नेकपा एमाले संसदीयको दलको नेता थिए ।

पार्टी एकतापछि आज पहिलो पटक बसेको संसदीय दलको बैठकले राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै दलको उपनेतामा टंक आम्बुहाङ चयन भएका छन् ।

आम्बुहाङ पूर्व एकिकृत माओवादी संसदीय दलको नेता थिए । संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्र आंबोको प्रस्ताबमा सर्वसम्मत निर्णय भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्