
सामान्यतया विवाहको लागि पुरुषको उेमर बढी र महिलाको कम हुनपर्छ भन्ने आम बुझाई छ । विवाह गर्ने केटा र केटीको उमेर अन्तर पनि धेरै भयो भने राम्रो मान्दिैन ।
एक अध्ययन का अनुसार विवाह गर्ने जोडीको उमेरको अनतरले उनीहरुको वैवाहिक अवस्था, समम्बन्धलाई प्रतिविम्बित गर्छ ।
धेरै उमेर ग्याप भएकाहरुको विवाह देख्दा र सुन्दा त्यसले खासै फरक नर्पे गरेको हामीले अनुमान गर्ने गरेका छौं तर एक अध्ययनका अनुसार विवाहमा वेहुला र बेहुलीको उमेरको अन्तरले ठूलो असर पर्ने गर्छ ।
एट्लान्टास्थित इमोरी विश्वविद्यालयका एन्ड्र्यु फ्रान्सेस र ह्यूगो मिआलोनद्वारा गरिएको अनुसन्धानमा यस बारे जानकारी सार्वजनिक भएको छ । यस अनुसन्धानमा ३ हजार जोडीले भाग लिएका थिए ।
अनुसन्धानका अनुसार विवाहित जोडीबिच उमेरको जति धेरै अन्तर हुन्छ, विवाह टुट्ने सम्भावना पनि त्यति नै हुन्छ । यस अनुसन्धानलाई मान्ने हो भने विवाहित जोडीबिच उमेरको अन्तर ५ वर्षसम्म छ भने यस्तो विवाह टुट्ने सम्भावना १८ प्रतिशतले बृद्धि हुन्छ ।
यस्तै गरी यदि विवाहित जोडीको उमेरमा १० वर्षले अन्तर छ भने यस्तो विवाह टुट्ने सम्भावना ३९ प्रतिशत हुन्छ र यदि यो अन्तर २० वर्षको छ भने ९५ प्रतिशत विवाह टुट्छन् ।
शोधकर्ताका अनुसार यदि विवाह गर्ने जोडीको उमेर अन्तर एक वर्ष वा कम भए, त्यस्तो विवाह टुट्ने सम्भावना ३ प्रतिशत मात्र हुनेछ ।