२१ जेठ २०८३, बिहीबार

बजेटका बारेमा उठेका प्रश्नकाे अर्थमन्त्रीले अाज जवाफ दिने

बजेटका बारेमा उठेका प्रश्नकाे अर्थमन्त्रीले अाज जवाफ दिने

काठमाडौँ, १८ जेठ-अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ । 

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिनुहुने कार्यसूचिमा उल्लेख रहेको छ । 

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गर्नुभएको थियो । बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिनुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्